न्यूयोर्क । करिब ४ हजार नेपालीहरुले न्यूयोर्क शहरमा आइतबार आयोजित “नेपाल डे परेड” मा सहभागिता जनाएका छन् ।
गत वर्षदेखि शुरु भएको नेपाल डे परेडको दोस्रो संस्करणमा अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
परेडका प्रमुख अतिथि नेपालका उधोगमन्त्री नवीन्द्रराज जोशीले यस्ता कार्यक्रमले अमेरिकामा नेपाली संस्कृतिको प्रवर्दन गर्न मद्धत पुग्ने बताए ।
“जहाँ रहेपनि हामी सबै नेपालीले यसरी नै आफ्नो संस्कृतिको प्रवर्दन गर्न जरुरी छ,” जोशीले भने ।
यता न्युयोर्क सिटीका काउन्सिल मेम्बर एलिजाबेद क्राउलीले नेपालीहरुको संस्कृति देखेर आफू मन्त्रमुग्ध भएको बताए ।
बुद्ध जयन्ती र नेपालको गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा ं ५० भन्दा बढी संघसंस्थाहरुको सहभागिता रहेकोे परेडका कन्भिनर मंगलदाश श्रेष्ठले जानकारी दिए ।
“ यस पटक झन् धेरै नेपालहरुको सहभागिता रह्यो जुन हाम्रो लागि उपलब्धि हो,” श्रेष्ठले भने ।
दिउंसो १२ बजे शुरु भई करिब ५ बजे सम्म चलेको परेडमा नेपालमा रहेका विभिन्न जातजातिको मानिसहरुले आफ्नो परम्परागत भेषभुषा लगाउंदै र बाजा गाजा सहित सांस्कृतिक झांकीको प्रदर्शन गरेका थिए ।
















प्रतिक्रिया