वाशिंगटन डिसी । अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा.शंकर शर्मालाई अमेरिकाको डिसी महानगरमा विशेष सम्मान गरिएको छ ।
डिसी महानगर क्षेत्र बासीको तर्फबाट अमेरिका–नेपाल सहयोगी समाज र इन्टर नेसनल डेवलवमेन्ट इन्सटिट्युटको संयुक्त आयोजनामा सम्मान गरिएको हो । सम्मानपछि डा.शर्मासँग अन्तरक्रिया पनि गरिएको छ ।
नेपालमा सङ्घीयताको सन्दर्भमा वित्तीय व्यवस्थापन विषयक गोष्टिमा पूर्व राजदूत डा.शर्माले प्रस्तुति दिएका थिए ।
उनले संबिधान लेखन, देशको आर्थिक अवस्था, परियोजना, स्थानीय निर्वाचन, सरकारको नीति, स्थानीय तह आदिका विषयमा तथ्यांक तथा बुँदासहित प्रस्तुति दिएका थिए ।
कार्यक्रममा आयोजकको तर्फबाट गोपाल रेग्मी, सुमन तिम्सिना तथा पदम रेग्मीले कार्यक्रम तथा पूर्व राजदूत डा.शर्माका बारेमा चर्चा गरेका थिए । अमेरिका नेपाल सहयोगी समाजका सभापति कमला खरेलले आफ्नो संस्थाले सामुदायिक भवन बनाउन गरेको योजनालाई सबैको सहयोगको अपेक्षा गरे ।
















प्रतिक्रिया