१४ कार्तिक २०८३, शनिबार

देउवा प्रधानमन्त्री बन्ने तयारी हुँदै गर्दा पौडेल समूहले थाल्यो यस्तो अभियान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका नेताहरुले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेतृत्वको कमजोरीका कारण अपेक्षाअनुसार परिणाम नआएको निश्कर्ष निकालेका छन् ।

अनामनगरस्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा सोमबार भएको पौडेल पक्षीय नेताहरुको भेलाले पार्टी सभापतिको शैलीका कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा चित्तबुझ्दो परिणाम नआएको निश्कर्ष निकालेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

बैठकमा पौडेल पक्षीय नेताहरुले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ती भएको भन्दै आउँदो निर्वाचनमा त्यसलाई नसुधार्ने हो भने झनै अप्ठेरो स्थिति आउने बताए । बैठकमा नेताहरुले सरकारको पछिल्ला निर्णयहरु प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण र सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको विषयले कांग्रेसले स्थानीय तह निर्वाचनमा असहज परिणाम भोग्नु परेको बताएका थिए ।

नेता पौडेलले पार्टीबाट टिकट वितरण गर्दा समेत राम्रा उम्मेदवार भन्दा आफ्ना उम्मेदवार चयन गरिएकाले परिणाममा असर परेको भन्दै त्यसको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनु पर्ने बताएका थिए ।

बैठकमा सहभागी नेता बलबहादुर केसीले बैठकमा अपेक्षा अनुसारको परिणाम नआएको विषयमा छलफल भएको बताए । ‘परिणाम राम्रो आएन, सरकारका पछिल्ला गतिविधिले असर ग-यो भन्ने कुरा भयो, समय भित्र उम्मेदवार चयन नहुँदा र चितवनको तालमेलले देशभरका आम कार्यकर्तामा निराशा फैलियो भन्ने विषयमा छलफल भयो,’ बैठकपछि नेता केसीले भने ।

दोश्रो चरणको निर्वाचनमा गल्ती सुधार गर्न नसके पार्टी समाप्त हुने निष्कर्षसमेत पौडेल पक्षले निकालेको छ । बैठकमा पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै दोश्रो चरणको निर्वाचनको तयारीमा जुट्ने बारेमा छलफल भएको थियो । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको आरोपसमेत लगाएका थिए । पहिलो चरणको निर्वाचन परिणामलाई गम्भीर रुपमा नलिए आउँदो परिणाम पनि राम्रो नहुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

बैठकमा सहभागी अर्का नेता गोविन्द भट्टराईले पार्टीलाई एकताबद्ध बनाउँदै अघि नबढे ३१ जेठमा हुने निर्वाचनको परिणाम पनि असहज हुने बताए । उनले पार्टी नेतृत्वले टिकट वितरण गर्दा नै ध्यान दिनु पर्ने भन्दै हाम्रा भन्दा राम्रा उमेदवार छानेर अघिल्लो चरणमा भएका गल्ति प्रति आत्मआलोचना गर्दै जनताका बिचमा जानु पर्ने बताए ।

बैठकमा सहभागिले तालमेलका नाममा सभापतिले स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, आफ्ना उमेदवार भएका स्थानमा सभापतिले तालमेल पछि आवश्यक पर्ने रणनीति अपनाउन नसकेको, माओवादीलाई तालमेल अनुसार सँगै लिएर हिड्न नसकेको लगायतका आरोप पौडेल पक्षीय नेताहरुको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु दिलेन्द्र बडु, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानी लगायत सहभागी थिए ।