काठमाडौं, ८ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं जिल्लामा अर्काे जित हात पारेको छ ।
सोमबार सार्वजनिक मतपरिणामअनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णहरि थापा विजयी भएका हुन् ।
थापाले नेपाली कांग्रेसका उम्मेदवार एवं कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीलाई पराजित गरे ।
उपमेयरमा नेकपा एमालेकै विन्दु सिंखडा विजयी भएकी छिन । उनले नेपाली कांग्रेसी अनिता अधिकारीलाई पराजित गरिन् ।
एमालेले कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १, ३, ५, ६, ८ र ९ मा वडा अध्यक्ष पनि जितेको छ भने बाँकी वडाहरुमा कांग्रेस विजयी भएको छ ।












प्रतिक्रिया