९ मंसिर २०८३, बुधबार

हुम्लाको खार्पुनाथमा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ८ जेठ । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावतले एक हजार ११० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गणेश रावलले ५३३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सिन्दु हमालले एक हजार १८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रुपा शाहीले ९५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालयका खिलनाथ रेग्मीले जानकारी दिनुभयो । रासस