काठमाडौं, ८ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनको पराजयका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बस्दै छ ।
स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि बैठक बोलाइएको हो । बैठक पार्टी मुख्यालय धूम्रबाराहीमा बस्नेछ ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।











प्रतिक्रिया