२ कार्तिक २०८३, सोमबार

रेणु दाहाललाई जिताउन भन्दै माओवादी नेता हरिद्वार तीर्थमा पुगे !

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ७ जेठ । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन माओवादीका जिल्लास्तरीय नेता भारतको हरिद्ववार प्रस्थान गरेका छन् ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता पञ्कज रावल रेणुको जितका लागि हरिद्ववार तीर्थमा निस्किएका हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

उनले लेखेका छन्– रेणु दाहाललाई जिताउन प्रार्थना गर्न हरिद्वार तीर्थ जादैछु । माओवादीले धर्म मान्दैन नभन्नु होला ।

प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनको एकमात्र भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट रेणु मेयरको उम्मेदवार छिन् । उनलाई एमालेका देवी ज्ञवालीले टक्कर दिइरहेका छन् ।