४ कार्तिक २०८३, बुधबार

महालक्ष्मी र वेष्टर्न बैंकसँग आई पे को रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रेमिट्यान्स र नेपालको महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैक बीच रेमिट्यान्स सम्झौता भएको छ ।

विदेशबाट आई पे मार्फत पठाएको पैसा महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैक को सम्पूर्ण शाखाहरुबाट ग्राहकहरुले आफुलाई पायक पर्ने महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैंकको शाखा बाट भुक्तानी लिन सक्ने छन् ।

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन् ।