९ मंसिर २०८३, बुधबार

पोखराको अपडेटः बल्ल सहमतिमा आए काँग्रेस र माओवादी, के-के भयो समझदारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ जेठ । पोखरा-लेखनाथ महानगरपालिकाको शनिबारदेखि अबरुद्ध मतगणना सुरु गर्न नेपाली काँग्रेस तयार भएको छ ।

कास्कीमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलपछि आज दिउँसो १ बजेबाट मतगणना थाल्ने सहमति भएको हो । विवादित १७ नम्बर वडाको भने मतगणना नहुने भएको छ । १७ नम्बर वडाको मुचुल्का हेरेर पुनः छलफल गरी निर्णय गर्ने दलहरुबीचको समझदारी छ ।

१७ नम्बर वडाको मतपत्रमा स्वस्तिक छापको आकार फरक फरक भेटिएको भन्दै काँग्रेस र माओवादीले मतगणना रोकेका थिए । १७ नम्बर बाहेकका वडामा पनि फरक छाप देखिए गणना रोक्ने सहमति भएको माओवादी केन्द्र कास्कीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेले ३ हजार भन्दा बढीले अग्रता लिइरहेको छ । काँग्रेसको गढमा समेत एमालेले अग्रता लिएकाले एमालेको जित निश्चितझैं देखिएको छ ।