१ कार्तिक २०८३, आइतबार

अमेरिकी जल सैनिक वार्षिक उत्सवमा बुद्धको प्रचार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले वार्षिक रुपमा मनाउँदै आउने गरेको वार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित संस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ ।

कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरूको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ ।

मदरल्याण्ड नेपालले बुद्ध नेपालमा जन्मेका हुन् । उनको पबित्र जन्मस्थल लुम्बिनी पनि उत्तिकै आकर्षक तीर्थस्थल हो भन्ने जानकारी गराएको छ ।

अंग्रेजीका धुरन्धर योगी पूर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए ।

कार्यक्रममा सबै देशहरुका प्रतीनिधिहरूसँग छलफल, भेटघाट गरी नेपाल एउटा बिश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटनदूत अनिल पाण्डेले जानकारी गराए ।

उक्त उत्सवमा मादल, मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने, झल्काउने प्रचार प्रसार सामग्री तुल, बुद्धका केही मूर्ति सजाइएको थियो ।

अमेरिकनहरू नेपाली सामान हेर्न निकै उत्सुक देखिन्थे । उनीहरूमध्ये कसैले माउण्ट एभरेष्ट, कसैले एक सिङ्गे गैडा, नेपालमा पाइने थुप्रै प्रजातिका पुतली, जंगल सफारी र र्‍याफ्टिङ तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए ।

कार्यक्रममा संसारबाट करिव २५ राष्ट्रहरूको सहभागिता थियो । नेपाली प्रदर्शन र खानामा सहयोग पुगाउने मदरल्याण्ड नेपालका संचालक समितिका तारा खरेल र आमा खरेललाई धन्यबाद दिएका छन् ।