१४ कार्तिक २०८३, शनिबार

महालक्ष्मी नगरमा २२१ मत गायब, विरोधमा उत्रिए उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ जेठ । महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ ।

सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो ।

माओवादीले यही २२१ मत गायब भएको भन्दै विरोध जनाएको हो ।