१ कार्तिक २०८३, आइतबार

एमालेको विजय यात्राले शतकसंख्या काट्यो, पहिलो चरणमा बहुमत ल्याउने सम्भावना (सूचीसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अहिलेसम्म ३३ नगरपालिका र ७२ गाउँपालिका गरी १०५ स्थानीय तहमा विजय हासिल गरेको छ ।

घोषित मत परिणामअनुसार निर्वाचन भएका ३४ जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा विजय हासिल गर्नुका साथै एमालेले विगतको विजयलाई निरन्तरता दिंदै अग्रता कायम गरेको छ ।

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा पनि नेपाली काँग्रेसका उम्मेदवारसँग एमालेले मतान्तर कम गर्दै अगाडि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको ऐतिहासिक शहर पनौतीको नगरप्रमुख र उपप्रमुखमा सूर्यध्वजाबाहक उम्मेदवारहरु भीम न्यौपाने र गीता बञ्जारा निर्वाचित हुनुभएको छ । विगतमा सधै नेपाली कांग्रेसले जित्दै आएका नवलपुरको गैडाकोट र काभ्रेको बनेपामा समेत यसपाली एमालेले ऐतिहासिक विजय हासिल गरेर कांग्रेसको गढ भत्काएको छ । साथै, दुई जना दलित समुदाय र दुई जना महिलालाई नगरप्रमुखमा निर्वाचित गराउन सफल भएको छ ।