१ कार्तिक २०८३, आइतबार

लस एन्जलसमा एनआरएन अमेरिकाको चुनावका आकाक्षीसँग अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस । अमेरिकाबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्यबीच नेपाल–अमेरिका एकता समाजको कार्यालयमा अन्तरक्रियाको आयोजना भएको छ ।

विभिन्न संघ–संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बीच भएको छलफलमा उम्मेदवारी के–को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको नेपाली समुदायले के प्राप्त गर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

एनआरएन आइसीसी सदस्यको लागि बलराम थापा, एनआरएन अमेरिकाको लागि उम्मेदवारी घोषणा गर्नेहरु उपाध्यक्ष पदमा उमा कार्की थापा, सचिवमा टेक बहादुर लामा, महिला संयोजकमा इन्दिरा त्रिपाठी, सदस्यमा कर्ण चन्द र क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा रामबाबु पाण्डे रहेका छन् ।

चुनावका आकाक्षीहरूले आफूहरू साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेका नेपालीहरूको हितमा पहिले पनि काम गरेको र फेरि पनि निरन्तर रूपमा काम गरिरहने बताए ।

यस पटकको चुनावमा अध्यक्ष पदका छ जना आकाक्षी (वर्तमान अध्यक्ष केशव पौडेल, वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, वर्तमान उपाध्यक्षहरु राम सी. पोख्रेल, रबिना थापा र डिल्ली भट्टराई र वर्तमान सल्लाहकार गौरी जोशी) रहेकोमा सबैले आ–आफ्नो प्यानल बनाएर लड्ने अवस्था देखिएको हुँदा तपाईँ हरू कुन प्यानलबाट लड्दै हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा अन्य उम्मेदवारहरुले आफूहरू कुनै प्यानलबाट उठ्न नलागेको बताए ।

उपाध्यक्ष पदको उम्मेदवार उमा कार्की थापाले विवादका बीचमा दौडीरहेको वर्तमान एनआरएन अमेरिकालाई सबैको आफ्नो हो भनी महसुस गराउने बनाउनको लागि सफल उद्यमी, कुनै पार्टीको झन्डा बोकेको भन्दा स्वतन्त्र रूपमा आएका गौरी जोशीलाई समर्थन गर्दै आफूसँगै उठ्न लागेको बताइन् ।

यसै कार्यक्रम मार्फत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको समेत थापाले जानकारी दिइन ।

नेपाल–अमेरिका एकता समाजको महासचिव डोल्मा लामाले कार्यक्रमको बारेमा छोटो प्रकाश पार्दै सुरु भएकोमा संस्थाका अध्यक्ष सूर्य प्रसाईंले सहजीकरण गरेका थिए ।

रामचन्द्र लामिछानेले यस क्षेत्रबाट प्रतिनिधित्व गर्न लागेका सबै उम्मेदवारले आत्म मूल्याङ्कन गर्दै आफू उठ्ने–नउठ्ने निर्णय गर्ने बेला नजिकिएको र यहाबाट प्रतिनिधित्व गर्दा यस क्षेत्रको नै गर्व गराउन सक्नु पर्ने सुझाव दिए ।

एनआरएन आइसीसीका पूर्व सदस्य राजेन्द्र सिवाकोटीले संस्थाका बारेमा छोटो प्रकाश पार्दै संस्थाको केन्द्र, राज्य र स्थानीय च्याप्टरका उम्मेदवार सबैले बिश्व हाक्ने चुनावी नारा देखाउनु भन्दा स्थानीय रुपमा भएका समस्या उठाउनुपर्ने र समाधानका लागि पहल गर्नु पर्ने बताए ।