वाशिंगटन डीसी । उत्तर अमेरिकामा नेपाली समुदायको सवैभन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) वासिङ्टन डिसीको ५० औं वार्षिकोत्सवको अवसरमा ‘एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७’ को आयोजना हुने भएको छ ।
उत्कृष्ठ तस्बिरलाई पहिलो, दोस्रो र तेस्रोमा छुट्याइने आयोजक संस्थाले जनाएको छ । प्रथमले क्याननको क्यामेरा पाउनेछन् । दोस्रो र तेस्रोले पनि क्यामेरा पुरस्कार पाउने छन् ।
संयोजक तथा प्रथम निर्णायक कुमार श्रेष्ठका अनुसार फोटो प्रतियोगितामा निःशुल्क भाग लिन सक्ने छन् ।
मे २५ सम्ममा इच्छुकहरुले ६ एमबी अथवा ३ सय डिपीआइको तस्बिर पठाउनु पर्नेछ ।
प्रतियोगितामा अमेरिकामा बसोबास गरेका जो कोही नेपालीले र अमेरिकनले भाग लिन पाउने छन् । तीन जनाको निर्णायक मण्डलले उत्कृष्ठ पहिलो, दोश्रो र तेस्रो सम्पदा फोटो छान्ने छन् ।
















प्रतिक्रिया