२९ आश्विन २०८३, बिहिबार

पाँच सैनिक र सत्र तालिवानको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afghanisthan-mapकाबुल, २६ असोज । अफगानिस्तानमा तालिवानविरुद्ध त्यहाँका सुरक्षा निकायले जारी राखेका कारबाहीका क्रममा पाँच सैनिक र सत्र तालिवानको मृत्यु भएको छ ।

गत २४ घण्टासम्म जारी रहेको  सैनिक कारबाहीमा १७ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

अफगानिस्तानको चारवटा प्रान्तमा अफगान सेनाले जारी राखेको कारबाहीको क्रममा तालिवानी आतङ्ककारीले  गरेको प्रत्यक्ष गोली प्रहार र सडक किनारमा रहेको बम विस्फेटनमा चार अफगान सैनिकको मृत्यु भएको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशले निर्णय गरिसकेका छन् ।

त्यसैले अफगानिस्तान सरकारले त्यहाँको सेना र प्रहरीलाई तालिवान विरुद्धको कारबाहीका लागि अघि सारेको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले तालिवानहरूका साथबाट कयौँ शक्तिशाली हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।

तालिवानहरूले पछिल्लो समयमा कारबाहीलाई तीव्रता दिएका छन् । सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि तालिवानमाथि जाइलागेको गरेका छन्  । रासस/सिन्ह्वा