१ कार्तिक २०८३, आइतबार

मत बराबरी भएपछि गोलाप्रथामा एमाले उम्मेदवारलाई पर्यो चिट्ठा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३ जेठ । सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिकाको वडाअध्यक्षमा मत बराबरी भएपछि गोलाप्रथाबाट छानिएको छ ।

थाङ्गपाल गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका पासाङ तामाङ र माओवादी उम्मेदवार शेरबहादुर तामाङ्गबीच बराबरी भएको हो । बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ विजयी भएका छन् । उनीहरु दुबैले ४ सय ७४ मत ल्याएका थिए ।