धादिङ, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर र उपमेयरमा खाता खोलेको छ ।
प्राप्त मतपरिणामअनुसार धादिङको उत्तरी रुवीभ्याली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जित हासित गर्दै राप्रपाले खाता खोलेको हो ।
रुवीभ्यालीको प्रमुखमा राप्रपाका चेरुङ तामाङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङलाई ५३१ पराजित गरे ।
निर्वाचन अधिकृत गंगाबहादुर खरेलका अनुसार चेरुङले १४८४ मत पाएका छन् भने रामसिंहले ९५३ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा राप्रपाकै उम्मेदवार विना लामा विजयी भएकी छन् । १४०९ मत ल्याएकी लामाले माओवादी केन्द्रकी उम्मेदवार अमृता गुरुङलाई हराएकी हुन् । गुरुङले ९७२ मत पाएकी छन् ।















प्रतिक्रिया