काठमाडौं, ३ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग छलफल गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी वार्तामा संविधान संशोधन र स्थानीय तहको दोस्रो चरणको चुनावका विषयमा छलफल भइरहेको बुझिएको छ ।
स्रोतका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकारका विषयमा पनि छलफल हुन सक्ने बताइएकोे छ ।
संविधान संशोधनको प्रमुख अडान राखेके राजपाले यथाअवस्थामा स्थानीय तहको निर्वाचनमा सहभागी हुन नसक्ने बताउँदै आएको छ ।















प्रतिक्रिया