४ कार्तिक २०८३, बुधबार

सिम्रौनगढमा आइतबार पनि कर्फ्यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २६ असोज । बाराको सिम्रौनगढमा आइतबार पनि कर्फ्यू जारी राखिएको छ ।

मृतकका आफन्त र स्थानीयवासीले आइतबार पनि बिहानैदेखि आन्दोलन गरेपछि स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बारामा आइबार बिहान बसेको जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले सिम्रौनगढमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।

सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी माथि सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिहरपुर गाविस वडा नम्बर ७ का ४० वर्षीय जयनारायण पटेलको मृत्यु भएपछि सिम्रौनगढमा शनिबारदेखि नै तनाव छ ।

शनिबार स्थानीयले आन्दोलन गरेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो ३ बजेदेखि बेलुकी ७ बजे सम्म पनि कर्फ्यू जारी गरेको थियो ।