९ मंसिर २०८३, बुधबार

उम्मेद्वारको छोरालाई पेस्तोलसहित पक्रने धादिङका एसपीलाई गृहमन्त्रीबाट उल्टै कारबाही

93.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ३ जेठ । धादिङ जिल्लाका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् ।

धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए ।

तर, गृहमन्त्रीको आदेशपछि कामु सिडिओ उमेश ढकालले युललाई छाड्ने तयारी गरेका छन् ।