काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकामा एमालेले खाता खोलेको छ ।
एमालेले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्ष जितेको छ ।
वडाअध्यक्षमा एमाले उम्मेदवार भरतलाल श्रेष्ठ १ हजार ३५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत ल्याए ।
एमालेबाट महिला सदस्यमा अष्टमाया तण्डुकार र खुला सदस्यमा अष्टकुमार श्रेष्ठ विजयी भएका छन् । दलित महिला सदस्यमा कांग्रेसकी मीना सुनार बिजयी भइन् ।











प्रतिक्रिया