९ मंसिर २०८३, बुधबार

बामदेवको निवासमा स्थायी समिति, एमालेले गम्भीर निर्णय गर्ने

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३ वैशाख । स्थानीय तहको निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दै छ ।

ललितपुरको सानेपास्थित उपाध्यक्ष बामदेव गौतमको निवास मध्यान्ह १२ बजे बस्ने बैठकमा स्थानीय तहमा एमालेको पक्षमा देखिएको जनमत र भावी योजनाका विषयमा छलफल हुने बुझिएको छ ।

स्रोतका अनुसार भोलि बिहीबार बस्न लागेको संसदको बैठकमा संविधान संशोधनको विधेयक आउन सक्ने र त्यसलाई रोक्न के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले यसैसाता पदबाट राजीनामा दिने भनेर गरेको घोषणाका विषयमा पनि परामर्श गर्नेछ । प्रधानमन्त्रीको राजीनामा आएपछि कसरी अगाडि बन्ने बारेमा पनि छलफल हुने एमाले उच्च स्रोतले जनाएको छ ।