वाशिंगटन डीसी । साहित्यकार तुलसी दिवसलाई अमेरिकाको डिसी महानगर क्षेत्रमा अभिनन्दन गरिने भएको छ । उनलाई आगामी जेठ १३ गते शनिबारका दिन अभिनन्दन गरिने जानकारी छ ।
उनलाई अभिनन्दन गरिने स्थान र समय भने तोकिएको छैन । दिवसलाई सन् २०१३ मा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाले यसअघि सम्मान गरिसकेका छन् ।
तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखनमा ठूलो भूमिका खेलेका छन् ।
नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अङ्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल आदि दिवसले लेखेका केही पुस्तकहरू हुन् ।
दिवसले साहित्य, संस्कृति र संगीतको क्षेत्रका विभिन्न पुरस्कार पाएका छन् । सुप्रवल गोर्खाबाहु, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायतका पुरस्कार पनि पाएका छन् ।
उनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय नेपाली भाषा प्राध्यापन पनि गरेका छन् ।
















प्रतिक्रिया