२ कार्तिक २०८३, सोमबार

हत्या गरिएका गायक परियारलाई काठमाडौंमा श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तथा संगीतकर्मी बिक्रम परियारप्रति काठमाडौंमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञाभवनमा मंगलबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा संगीतकर्मीहरूले परियारलाई अन्तिम श्रद्धाञ्जलि दिएका हुन् । श्रद्धाञ्जलि कार्यक्रमपछि उनको अन्तिम दाहासंस्कार गरिएको थियो ।

गृह जिल्ला तनहुँमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न गएका बेला अपरिचित समूहले ढुंगा प्रहार गरेर परियारलाई गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते परियारको उपचारका क्रममा मृत्यु भएको थियो ।

परियारको शवलाई मंगलबार तनहुँबाट अन्तिम श्रद्धाञ्जलिका लागि काठमाडौं ल्याइएको थियो ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा सहभागीहरूले गायक परियारको हत्यामा संलग्न भएकाहरूलाई कानूनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।