१ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रले भन्यो– हामी हारेपनि निर्वाचन गराउनु ठूलो उपलब्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा संविधानसभाको दोस्रो निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा उनले भने– ‘हामी यति प्रशित वा उति प्रतिशत जित्छौं भन्दैनौं तर हामी दोस्रो संविधानसभाको निर्वाचनभन्दा राम्रो हुन्छ ।’

उनले यो स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसले पहिलो स्थान हाँसिल गर्ने विश्वास व्यक्त गरे । शर्माले थपे, ‘चुनावको प्रारम्भिक मतपरिणामको रुझान हेर्दा काँग्रेस नै पहिलो हुन्छ, त्यस्तै एमाले दोस्रो र हामी तेस्रो हुन्छौं ।’

नेता शर्माले पार्टी हारेपनि स्थानीयत तहको निर्वाचन गराउनु नै ठूलो उपलब्धि भएको उल्लेख गर्दै निर्वाचनको परिणाम आफूहरुकोलागि स्विकार्य भएको बताए ।

उनले निर्वाचनको तालमेललाई लिएर बाहिर जे जस्ता टिप्पणी भएपनि यो अनुकुलतालाई हेरेर गरेको स्पष्ट पारे । उनले काँग्रेस र माओवादी केन्द्रको तालमेल त झनै आवश्यक रहेको तर्क गरे । शर्माले भने, ‘२००७ सालको क्रान्तिको नेतृत्व काँग्रेसले गर्यो, ३६ साल, ०४६ सालको जनआन्दोलनको नेतृत्व काँग्रेसले गर्यो, हामीले गणतन्त्रको लागि संघर्ष गर्यौं ।’ उनले काँग्रेसले प्रजातन्त्रको लागि माओवादीले गणतन्त्रको लागि नेतृत्वदायी भूमिका खलेको बताउँदै भने, ‘तर एमालेको नेतृत्वदायी भूमिका कहाँ छ ? उसको भूमिका भनेको सहयोगीमात्रै हो ।’

शर्माले काँग्रेस र माओवादी केन्द्रको तालमेललाई ईतिहाँसको आवश्यकत्ताको संज्ञा समेत दिए । उनले भने, ‘हामी दुइ पार्टीहरुको गठबन्धनले गर्दा प्रतिगमनको खतरा कम भएको छ, लोकतन्त्रलाई संस्थागत गर्न सकिएको छ ।’

उनले सहमति अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारे । उनले भने, ‘हामी सहमतिबाट एक ईन्च पनि दायाँबायाँ हुँदैनौं, आज, भोलि वा पर्सिसम्म सत्ता हस्तान्तरण हुन्छ ।’