
ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकामा एमालेले उपमेयरमा उम्मेदवार नउठाए पनि जनताहरुले एमालेलाई भारी मत दिएका छन् ।
ललितपुरमा एमालेले राप्रपासँग तालमेल गरेको छ । तालमेलपछि एमालेले उपमेयरमा उमेद्वार नै उठाएको थिएन । तर, मतदाताहरुले भने धमाधम एमालेलाई मतदान गरेको मतपरिणामले देखाएको छ ।
उपमेयरमा काँग्रेसपछि मत पाउने एमाले भएको छ । जबकी एमालेको उम्मेद्वार नै छैन् । राप्रपा भने मतका हिसाबले तेस्रो नम्बरमा छ ।
यस्तो छ मतपरिणाम
उपमेयर
काँग्रेस (रुख) – १८३०
एमाले (सूर्य) – १६१९ (उमेद्वारबिना)
राप्रपा (गाई) – ९१९
माओवादी केन्द्र (गोलाकारभित्र हसिया हथौडा) – ८२९















प्रतिक्रिया