९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरमा साझालाई उछिन्दै कांग्रेस दोस्रो स्थानमा उक्लियो, एमाले अगाडि

12.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदका लागि जारी मतगणनामा नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार साझा पार्टीका उम्मेदवार किशोर थापालाई उछिन्दै १८३ मत ल्याएर कांग्रेसका राजुराज जोशी दोस्रो स्थानमा उक्लिएका हुन् । किशोर १७१ मतसहित तेस्रो स्थानमा झरेका छन् । यसअघि उनी दोस्रो स्थानमा थिए ।

एमाले भारी मतले अगाडि

काठमाडौं महानगरमा वडा नम्बर १ सकेर वडा नम्बर ३२ को मतगणना भइरहँदा नेकपा एमाले भारी मतले अगाडि देखिएको छ ।
पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्य २६९ मत ल्याउँदै अग्रस्थानमा छन् ।

विवेकशील चौथो स्थानमा

पछिल्लो मतपरिणाममा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शना १४४ मतसहित चौथो स्थानमा कायम छिन् ।

माओवादी केन्द्रको अहिलेसम्म २० मत मात्रै

काठमाडौं महानगरमा करिब १ हजार भन्दा बढी मत गणना भइसक्दा माओवादी केन्द्रले अहिलेसम्म २० मत मात्रै पाएको छ । वडा नम्बर १ र वडा ३० बाट माओवादीको भागमा अहिलेसम्म २० मत मात्र पुगेको हो ।