९ मंसिर २०८३, बुधबार

मधेसी नेतालाई भारतीय राजदूतले भने- संविधान संशोधन थाती राखेर चुनावमा भाग लिनुस्

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मधेसवादी दलका नेतालाई संविधान संशोधनको एजेण्डा थाती राख्दैस्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार राजदूत पुरीले नवगठित राष्ट्रिय जनता पार्टीका नेताहरुलाई लैनचौरस्थित दूतावासमा बोलाएर संविधान संशोधनमा नभएर निर्वाचन जान आग्रह गरेका हुन् ।

तर, राजदूतको आग्रहले मधेशी मोर्चाका नेताहरु चिन्तित र असन्तुष्ट भएको समाचारमा उल्लेख छ । यद्यपी समाचारले भारतको सबैलाई समेटेर अघि बढ्ने अडानमा कुनै परिवर्तन नआएको कुरा पनि स्पष्ट पारेको छ ।

राजदूत पुरीले निर्वाचनपछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै दल सकारात्मक रहेकाले अहिले निर्वाचनमा भाग लिनु नै उत्तम हुने भन्दै नेताहरुलाई सम्झाएका थिए ।