९ मंसिर २०८३, बुधबार

अहिलेसम्म एमालेले कुन-कुन नगरपालिका र गाउँपालिका जित्यो ? यस्तो छ अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । नेकपा एमालेले स्थानीय निकायको निर्वाचनमा निरन्तर अग्रता लिइरहेको छ । अहिलेसम्म एमालेले तीन वटा नगरपालिकासहित १९ वटामा जित हासिल गरेको छ ।

एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख गणेशबहादुर शाहीसहित प्यानलै विजय प्राप्त गरेको छ । यसैगरी, दैलेखको नारायण नगरपालिकामा पनि मेयर र उपमेयर जितेको छ ।

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती ४५४५ मत प्राप्त गरी बिजयी भएका छन्,उपमेयरमा पनि एमालेकै भावना भण्डारी बिजयी भएकी छिन् ।

अन्य सबै गाउँपालिका छन् ।

एमालेले पछिल्लोपटक जितेका:

सिन्धुली, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने

रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ

दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का

कास्की, रुपा गाउँपालिकाः नवराज ओझा

पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल

स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर

जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती