१ कार्तिक २०८३, आइतबार

भरतपुरमा रेणुले गरिन् चमत्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार बनेकी रेणु दाहालले अप्रत्याशित मत पाइरहेकी छिन् ।

माओवादी र काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई टक्कर दिइरहेकी छिन् । अनपेक्षित रुपमा रेणुले धेरै मत प्राप्त गरेपछि एमालेका स्थानीय नेताहरु समेत आश्चर्यचकित बनेका छन् ।

स्थानीय विवाद रहेका कारण रेणुले कम मत ल्याउने अनुमान गरिएको थियो । उपमेयरमा समेत काँग्रेसकी पार्वती शाहले एमालेलाई टक्कर दिइरहेकी छिन् । उपमेयरमा टक्कर भए पनि मेयरमा भने विजयी हुने एमाले नेताहरुको विश्वास छ ।

मतगणनामा ढिलाई भएपछि निर्वाचन कार्यालयले दुई स्थानमा मतगणना सुरु गरेको छ ।