९ मंसिर २०८३, बुधबार

एमाले–कांग्रेसबीच ललितपुरमा १९८ मतको अन्तर, गैँडाकोट र बुढानिलकण्ठमा एमाले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २५३७ मतसहित अग्रता कायम राखेका छन् ।

ब्यञ्जनकारलाई नेपाली कांग्रेसका चिरबाबु महर्जनले २३३९ मतसहित पछ्याइ रहेका छन् ।

माओवादी केन्द्रका दीपेश महर्जनले भने ७१९ मत पाएका छन् । साझा पार्टीका रमेश महर्जनले ५९९ मत पाएका छन् ।
उता नवलपरासीको गैंडाकोट नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवारले २८४४ मत पाएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवारले २६२७ मत पाएका छन् । उपमेयरमा एमालेले २६८०, कांग्रेसले २८३९ मत पाएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १३ र १२ को मतगणनामा दुबै स्थानमा एमालेको प्यानल विजयी भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा एमालेले २४७६ मत पाएको छ । कांग्रेसले १६५८ र माओवादी केन्द्रले ६३८ मत पाएको छ ।
उपमेयरमा एमालेले २५८५, कांग्रेसले १८७४ र माओवादी केन्द्रले ७७० मत पाएका छन् ।