वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए)को वार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ ।
९ वर्ष देखि लगातार कार्यक्रम हुँदै आएको छ । प्रतियोगितामा पुरुष तथा महिलाहरूका लागि आवेदन खुला गरिएको छ ।
आवेदन जुन ५ तारिखसम्म संस्थाको आधिकारिक पेजमार्फत दरखास्त दिन आव्हान गरिएको छ । जुलाई २ तारिखमा भब्य कार्यक्रमबीच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छ ।
कार्यक्रमको नेपालबाट आउने माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्ने छिन् ।
















प्रतिक्रिया