काठमाडौं, २ जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवारले १२८२ मत पाएका छन् । एमालेका उम्मेदवारले ९५६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसले १२४८ र एमालेले १०२२ मत पाएको छ । उता, मकवानपुरको थाहा नगरपालिकामा मेयर पदमा एमालेको अग्रता कायम नै छ ।
एमालेका उम्मेदवारले २१६४ र माओवादी केन्द्रले १७५६ मत पाएको छ । राप्रपाले मेयर पदमा जम्मा १११ मत पाएको छ ।
उपमेयरमा एमालेले २१८८, कांग्रेस १६०५ र राप्रपाले १०७ मत पाएको छ ।











प्रतिक्रिया