१४ कार्तिक २०८३, शनिबार

एमाले–कांग्रेस टक्कर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ ।

मतगणना ढिलो कम्तीमा एक साता लाग्ने

निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना गर्न कम्तीमा एक साता लाग्ने बताएको छ । ठूलो मतपत्र भएकाले पनि मतगणनामा समय धेरै लाग्ने भएको हो । अहिले एउटा मतगणना सातपटक गर्नुपर्छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

सातजना उम्मेदवार भएकाले सातपटक गणना गरी उम्मेदवारका सबै प्रतिनिधिको स्वीकारपछि गणना अन्तिम टुंगो लाग्छ । लामो मतपत्र भएका काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, कास्कीलगायतका जिल्लामा एउटा मतपत्र गणना गर्दा करिब १० मिनेट लागिरहेको छ । त्यसरी गर्दा एक घन्टामा ६ वटा मात्रै मतगणना हुन्छ ।

अहिलेकै रफ्तारमा मतगणना हुने हो भने काठमाडौं, ललितपुर, पोखरा र चितवन महानगरको मतगणना गर्न झन्डै १० दिन लाग्छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘मतगणना ढिला हुने भएकाले काठमाडौं, पोखरालगायतका महानगरमा गणकको समूह थप्न निर्देशन दिइएको छ ।’ उनले मंगलबारबाट मतगणना तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको बताएका छन् ।

२१ स्थानीय तहमा मतगणना सुरु भएन

निर्वाचन आयोगका अनुसार दुई सय ८१ मध्ये हिमाली जिल्लाका २१ वटा स्थानीय तहको २९ वटा मतदान केन्द्रमा समस्या देखिएको छ । ३१ वैशाखमा दलका कार्यकर्ताहरूबीच भएको झडप र हिमाली जिल्लाको मौसममा आएको बदलीका कारण मतगणना हुन सकेको छैन ।

हिमाली जिल्लामा मौसमका कारणले मतपेटिका संकलन हुन नसक्दा ढिलाइ भएको आयोगको भनाइ छ । हुम्लाको नाम्खा गाउँपालिकाका मतपेटिकाका संकलन हुन नसकेको हो । सोमबार उक्त गाउँपालिकामा केही मतदान केन्द्रबाट गाउँपालिका केन्द्रमा संकलन गर्न हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको थियो ।

तर, मौसमले साथ नदिएकाले हेलिकोप्टर उडान हुन सकेको छैन । सुनकोठी, हिमशिखर र भृकुटी मतदान केन्द्रमा ल्याउन हेलिकोप्टर प्रयोग गर्ने खोजेको भए पनि मौसमले साथ नदिएको आयोगले जानकारी दिएको छ ।