दोलखा, २ जेठ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवार बाबुलाल थामीले प्रत्यासी उम्मेदवारलाई ४८ मतले पराजित गरेका हुन् ।
गाउँपालिकाको प्रमुखमा भने एमालेका विनकुमार थामीले १२ मतले अग्रता लिएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका गोपीलाल थामीले ५० मतले अग्रता लिएका छन् ।











प्रतिक्रिया