१ कार्तिक २०८३, आइतबार

काठमाडौंको टोखा नगरपालिकामा एमाले विजयी, मध्यराति निस्कियो विजय जुलुस

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी भएको छ ।

टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी ८७४७ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिहर अधिकारीले ७४६७ मत ल्याए ।

उपमेयरमा एमालेकी ज्ञानुमाया डंगोल ८१४८ मत ल्याएर विजयी भइन् । कांग्रेसकी रजनी थापा झिनो मतले पराजित भइन् । उनले ८०९७ मत ल्याएकी छन्।

मेयर र उपमेयर दुबै जितेपछि टोखा नगरपालिकामा विजय जुलुुस निकालिइएको थियो । विजयीहरुलाई शुभकामना दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि पुगेका थिए ।