काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत नेकपा एमालेले ललितपुरमा विजयी सुरुवात गरेको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ मा एमालेका नन्द केसी अध्यक्ष निर्वाचित हुनुभएको छ ।
त्यस्तै, २ नम्बर वडामा एमालेका रामबहादुर सुबेदी अध्यक्ष पदमा निर्वाचित भएका छन् । १ नम्बरमा केसी र २ नम्बरमा सुवेदीसहित दुईटै वटामा पुरै एमाले प्यानल विजयी भएको सचिव भट्टराईले जानकारी दिए ।
मुस्ताङमा पनि खाता खोल्यो
यस्तै एमालेले मुस्ताङमा पनि विजयी सुरुवात गरेको छ । मुस्ताङको बारह गाउँ मुक्ती क्षेत्रमा ५ नम्बर वडामा राके गुरुङ बिजयी भएका छन् । यसअघि मनाङका दुई गाउँपालिकामा एमालेले जितिसकेको छ ।
नुवाकोटमा पनि विजयी सुरुवात
यस्तै नुवाकोटमा पनि एमालेले खाता खोलेको छ । एमाले सचिव भट्टराईका अनुसार मेघाङ गाउँपालिका वडा नं १ बर्सुन्चेतमा नेकपा एमालेका दलसिङ तामाङको पुरै प्यानल बिजयी भएको छ ।











प्रतिक्रिया