काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसले आगामी संविधानमा ६ वा ७ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी उक सभासदका अनुसार कांग्रेसले जातीय र भाषिक आधारमा नभई पूर्व, पश्चिम दिशामा आधारित प्रदेशको नाम अघि सारेको छ ।
वैकल्पिक प्रस्तावमा भने नदी र संस्कृतिसँग जोडिएका प्रदेश अघि सारेको छ ।
कांग्रेसले पहिलो प्रस्तावमा पूर्वी प्रदेश, पूर्वी तराई प्रदेश, राजधानी प्रदेश, पश्चिम तराई प्रदेश, पश्चिम प्रदेश र सुदुरपश्चिम प्रदेश अघि सारेको छ र
वैकल्पिक प्रस्तावमा भने सगरमाथा प्रदेश, जनकपुर प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र खप्तड प्रदेश छन् ।















प्रतिक्रिया