जुम्ला, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत जुम्लाको गाँठीचौर गाँउपालिकाको वडा नम्बर १ मणिसाँघुमा एमालेको पुरै टिम विजयी भएको छ ।
वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प्रेमवहादुर लामा विजयी भएका छन ।
प्रतिद्धन्द्धी माओवादी केन्द्रका मेघराज लामालाई पराजित गर्दे ऐडी वडाध्यक्षमा विजयी भएका हुन । ऐडीले ३ सय १ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी लामाले १ सय ७२ मत प्राप्त गरेका हुन । नेपाली काँग्रेसका नन्दवहादुर ऐडीले ९० मत प्राप्त गरे ।
महिला सदस्यमा माओवादी केन्द्रका देवकी लामालाई पछि पार्दे नेकपा एमालेका कुसुलामु रोकाया विजयी भएको जनाइएको छ।
विजयी रोकायाले २ सय ८३ मत प्राप्त गर्नु भएको छ भने पराजित हुनु भएका लामाले १ सय ५५ मत प्राप्त गरिन ।
यस्तै दलित महिला सदस्यमा नेकपा एमालेका दिलमाया कामी विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लालकोषा कामीलाई पराजित गर्दे दिलामाया कामी विजयी भएका हुन । दिलमायाले २ सय ७८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी लालकोषले १ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिए ।











प्रतिक्रिया