काठमाडौं, ३१ वैशाख । कलाकार विक्रम परियारको हत्या भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान गर्न गृहजिल्ला तनहुँ पुगेका परियारको आइतबार राति अज्ञात समूहको आक्रमणबाट ज्यान गएको हो ।
विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिय कलाकार परियारले दिउँसो तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मा मतदान गरेका थिए । भोट खसालेर साथीहरुसँग घुम्न निस्किएका परियारमाथि ५–६ जनाको अज्ञात समूहले आक्रमण गरी हत्या प्रहरीले जनाएको छ ।
आक्रमणकारीको पहिचान भएको छैन । प्रहरीले आक्रमणकारीको खोजतलास गरिहेको छ । परियारका एक श्रीमती, एक बछोरा र छोरी छन् । उनले फिल्म ‘बधशाला’ पनि अभिनय गरेका छन् ।















प्रतिक्रिया