१ कार्तिक २०८३, आइतबार

मतदान सकिएलगत्तै एमालेको कडा विज्ञप्ति, बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गर्न माग

65k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुथ कब्जा गरिएका ठाउँमा पुनः मतदान गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आइतबार अपराह्न मतदान सकिएलगत्तै महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गरी निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरित भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न माग गरेका हुन् ।

‘अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेख लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा सत्ताधारी पार्टीहरुबाट भएका हिंसा तथा बुथ कब्जाका गतिविधिहरुप्रति नेकपा (एमाले) अत्यन्त गम्भीर भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ– ‘यी स्थानमा पुनः मतदान हुनुपर्छ अन्यथा हामीलाई परिणाम स्वीकार्य छैन् ।’

एमालेले निर्वाचन आयोग, गृह प्रशासन तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरुसँग पटक–पटक आग्रह गर्दा पनि दोलखा लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा भयरहित ढङ्गले मतदान गर्न पाउने नागरिकको मौलिक अधिकारको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै हिंसा र बुथ कब्जाका घटनाप्रति भर्त्सना समेत गरेको छ ।

‘जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउँछ भन्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं,’ एमालेले विज्ञप्तिमार्फत भनेको छ ।

एमालेले लोकतन्त्र र संविधानलाई कमजोर बनाउने कुनै पनि गलत प्रयत्नका विरुद्धमा दृढताकासाथ उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

मतदाता, दल तथा उम्मेदवारलाई धन्यवाद

यसैबीच एमालेले पहिलो चरणको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद ज्ञापन गरेको छ ।

हार्ने देखिएपछि कांग्रेस र माओवादी गठबन्धन गुण्डागर्दीमा उत्रियोः ज्ञवाली

यसैबीच नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धनद्वारा संगठित गुण्डार्दीका केही घटना भएकोमा त्यसको निन्दा गरेका छन् ।

मतदान सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै नेता ज्ञवालीले राज्यशक्तिको दुरुपयोग गरेर सत्ताधारीहरुले जनताको मतको अपमान गरेको बताए । उनले सत्ताधारीहरुको यस्तो जनबिरोधी कदमलाई नेकपा एमालेले जनताको सचेततापूर्ण शक्तिको माध्यम बाट निस्तेज गरि छाडने दृढता ब्यक्त गरे ।

गठबन्धन गरेर पनि चुनाव नजित्ने भएपछि कांग्रेस र माओवादी केन्द्र राज्य संरक्षित गुणडगर्दीमा उत्रेको उनको टिप्पणी थियो । उनले कतिपय स्थानमा सुरक्षा निकाय र मतदान अधिकृतको भूमिका समेत सन्तुलित नभएको पाइएको भन्दै उनले चिन्ता ब्यक्त गरे । उनले जनताको जागृत अभियानबाट सन्तुलित भूमिका निर्वाह नगर्नेबिरुद्ध खवरदारी गर्ने समेत बताए ।

यस्तो छ विज्ञप्तिः