१ कार्तिक २०८३, आइतबार

स्थानीय निर्वाचनः मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ७१ प्रतिशत मत खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मतदानको अवधि साँझ ५ बजे समाप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

७१ प्रतिशत मत खस्यो: 

यसैबीच आज भएको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको छ । ३४ जिल्लामा आज पहिलो चरणमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले ७१ प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेका जानकारी दिए । साथै सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उनले बताए ।