काठमाडौं, ३१ वैशाख । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्नेगरी सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
अयोगको नयाँ निर्देशनअनुसार मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक कसैले पनि मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् ।
यस्तै मतपत्रमा मतदान अधिकृतले सीसाकलम बाहेक जस्तोसुकै रंगको मसीको कलमले सही गरेपनि मान्यता दिइने भएको छ ।
यस्तै एउटै कोठाभित्र एकभन्दा बढी स्वस्तिक चिन्ह लगाएको भए त्यसलाई पनि सहि मतदानको मान्यता दिने साथै मतपत्र पट्याउँदा कुनै एक चिन्हमा लगाएको स्वस्तिक छाप अर्को कोठामा लागेको भए सुल्टो स्वस्तिक छापलाई मान्यता दिने पनि आयोगले जनाएको छ ।
हेर्नस् आयोगको ९ बुँदे निर्देशनपत्रः

















प्रतिक्रिया