१ कार्तिक २०८३, आइतबार

ठकुरीलाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

डीसी । अमेरिकामा नेपाली मूलका कराते खेलाडी उज्जल ठकुरीले वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त गरेका छन् ।

नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा ठकुरीले वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त गरेका हुन् ।

बिशेष प्रस्तुति वपत उनलाई आयोजकले बिशेष सम्मान गर्दै बिश्व प्रतियोगिताको पेटी प्रदान गरेको हो ।

उक्त अन्तर्राष्ट्रिय किक बक्सिङ्ग तथा वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतिमा ४० पाउण्ड तौल दातले उठाएर शरीरमा ४० पाउण्ड तौल बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पूरै फांग गरी अण्डा नफुटाइ ३ वटा काठको बोर्ड फुटाएका थिए ।

दोस्रो प्रस्तूतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वटा काठ को बोर्ड २ खुट्टा पूरै फांग गरी फुटाएका थिए ।

उनको तेश्रो प्रस्तुतिमा उनले दात र शरीरमा गरी १ सय ४० पाउन्ड तौल उचालेका थिए । चौथो प्रस्तुतिमा उनले २ खुट्टा पूरै फांग गरी आफ्नो दातले १ सय पाउण्ड उचालेर दर्शकलाई चकित पारेका छन् ।

ठकुरीलाई कुरो बुशि मार्शल आर्ट संगठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेशले वर्ल्ड च्याम्पियनशिप पेटी तथा सम्मान पत्र प्रदान गरेका थिए ।

काठमाडौं निवासस् ठकुरी बिगत डेढ दशकदेखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन् ।