२९ आश्विन २०८३, बिहिबार

किम जोङ उन महत्वपूर्ण राजनीतिक कार्यक्रममा अनुपस्थित भएपछि विभिन्न अड्कलबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kim-Jong-Un-540x330सोल, २४ असोज । उत्तर कोरियाली नेता किम जोङ उन शुक्रबारको महत्वपूर्ण राजनीतिक कार्यक्रममा अनुपस्थित भए ।

शुक्रबारको महत्वपूर्ण एक राजीतिक कार्यक्रममा उनी अनुपस्थित रहेको भन्दै त्यहाँका सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

उत्तर कोरियामा शुक्रबार मनाइएको एक राजनीतिक वार्षिकोत्सवमा उनको अनुपस्थितिका विषयलाई लिएर विभिन्न अड्कलबाजी काटिएको छ ।

प्रायः यस्ता कार्यक्रम नछुटाउने नेता किम सो कार्यक्रममा अनुपस्थित रहेकोले उनको आगामी राजनीतिक भविष्यका साथै शारीरिक स्वास्थ्यबारे पनि विभिन्न अड्कलबाजी भएका छन् ।
उक्त वार्षिकोत्सव कार्यक्रममा राखिएका सरकारी उच्च अधिकारीहरुको नाममा किमको नाम नराखिएको उत्तर कोरियाली सरकारी समाचार समिति केसीएनएले जनाएको छ ।

गएको सेप्टेम्बर ३ मा आयोजना गरिएको एक म्युजिक कन्सर्टमा आफ्नी श्रीमतीका साथ उपस्थित भएका नेता किम त्यसयता विभिन्न सार्वजनिक कार्यक्रमहरुमा अनुपस्थित रहँदै आएका छन् ।

उनी ३१ वर्षको मात्र छन् । उनी सार्वजनिक समारोहमा अनुपस्थित हुन थालेकोसमाचार केही दिनदेखि सार्वजनिक भइरहेको पनि उत्तर कारियाबाट प्राप्तमा समाचारमा जनाइएको छ । एएफपी