काठमाडौँ, २४ असोज । एमाओवादीसहितको २२ दलीय मोर्चाले पहिचान र संघीयता सहितको संविधान जारी गर्न दवाव दिएको छ ।
शुक्रबार राजधानीमा विरोध सभाको आयोजना गर्दै उक्त मोर्चाले यस्तो दवाव दिएको हो ।
विरोधसभा पनि नयाँ बानेश्वरमा कोणसभामा बोल्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले पहिचान र संघीयता विरोधी संविधान जारी गरिए संविधान जारी भएकै दिन च्यातिने धम्की दिनुभयो ।
उहाँले संघीयता विरोधीहरुलाई समेत नछाड्ने चेतावनी दिनुभयो ।
कांग्रेस–एमालेले पहिचानविरुद्ध संविधान लेख्ने षड्यन्त्र गरिरहेको उहाँको आरोप थियो । सभामा डा. ओम गुरुङलगायतले पनि बोलेका थिए ।















प्रतिक्रिया