काठमाडौं । हास्य कालाकार सिताराम कट्टेल ‘धुर्मुस’ले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भावुक र चेतनायुक्त सन्देश दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुसले समृद्ध सहरका तस्वीर राख्दै काठमाडौंलाई यति त्यस्तै बनाउनुपर्ने र त्यसमा भोलिको निर्वाचनको महत्वपूर्ण भुमिका हुने भएकाले विवेक प्रयोग गर्न आह्वान गरेका हुन् ।
उनले लेखेका छन्– तपाईं हामिले कल्पना गरेको काठमाण्डौ र काठमाण्डौभित्रका सम्पदाहरु अब यस्तै बन्नु पर्छ । र बनाउन सम्भव पनि छ । त्यो अब तपाईं हामीले चुन्ने उम्मेद्वारमा भरपर्छ । अब यस्तै काठमाण्डौ बनाउने कि अहिलेको धुलोधुवा अनी अव्यवस्थित काठमाण्डौ मै रमाउने ? त्यो तपाईं हाम्रो हातमा छ । भोलि बैशाख ३१ गते सही उम्मेद्वारलाई मतदान गरौ । स्थानिय निर्वाचनको सबैलाई शुभकामना !! ‘राष्ट्र निर्माण तपाईं हाम्रो अभियान’ ।
















प्रतिक्रिया