४ कार्तिक २०८३, बुधबार

बाबुराम फेरि सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, २४ असोज  । संविधानका विवादित विषयमा सहमति खोज्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई पुनः सक्रिय बन्नुभएको छ ।

उहाँले तीन दलका शीर्ष नेतासँग संविधानका विवादित विषयमा सहमति पहिल्याउने प्रयास स्वरुप छलफल अघि बढाउनु भएको हो ।

शुक्रबार उहाँले संविधानका अन्तरबस्तुमा केन्द्रित भएर छलफल गर्न र  सहमति खोज्न तीन दलका शीर्ष नेताको बैठक डाक्नुभयो ।

भट्टराईको विशेष अनुरोधमा तीन दलका शीर्ष नेताहरु सहभागी बैठकमा शासकीय स्वरुप, संघीयतालगायतका प्रमुख विषयमा छलफल केन्द्रित भएको बुझिएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल,एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारी उपस्थित छन् । एमाओवादीको तर्फबाट भने अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई सहभागि थिए ।