१४ कार्तिक २०८३, शनिबार

नयाँ जनप्रतिनिधिहरूलाई यसरी आउँदै छ झमेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन । कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् ।

निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं। ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा निर्वाचन हुँदैछ । कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ ।

स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसदमा विचाराधीन छ ।

सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसदको बैठक स्थगन गरिसकेको छ ।