विर्तामोड, २४ असोज । नेपाली कांग्रेसका त्यागी नेताका रूपमा परिचित ७२ वर्षीय काशीलाल चौधरीको बिहीबार साँझ निधन भएको छ ।
विर्तामोड निवासी चौधरी बेबिल्यान्ड स्कुलमा भइरहेको थारू कल्याणकारी सभाको महाधिवेशनको तयारी सन्दर्भमा भइरहेको बैठकमा अचानक बेहोस भएर लडेको बताइएको छ ।
झापाली राजनीतिमा सादा जीवन, व्यावहारिक र स्वच्छ छवि भएका चौधरीको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार असम्भव भएपछि सिलगढीमा उपचारकै क्रममा निधन भएको हो ।
चौधरीको सम्मानमा नेपाली कांग्रेस झापाले शनिबार दिउँसो १ बजेबाट एक घण्टा श्रद्धाञ्जलिका लागि राखिने र शवयात्रासहित कनकाईमाईमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
मुटुको नसामा समस्या रहेका चौधरीको सो नसा फुटेका कारण मृत्यु भएको बताइएको छ ।















प्रतिक्रिया